काँग्रेस रुपन्देही क्षेत्र नं. १ मा हिरा केसी विजयी

by समतल अनलाइन

बुटवल । नेपाली काँग्रेसको रुपन्देही क्षेत्र नं. १ मा हिरा केसी निर्वाचित हुनु भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट केसी पुन क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो ।
विश्वनाथ यादवसंग भएको प्रतिस्पर्धामा सभापतिमा विजयी केसीले ३९६ मत प्राप्त गर्नुभएको थियो भने यादवले २१५ मत प्राप्त गर्नुभएको हो । त्यस्तै सचिव पदमा बैजनाथ शाहनी र बिजय गुरुङ् तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित हुनु भएको छ । सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समुहकै हुन् ।
महाधिवेशन प्रतिनीधिको भने अझै मतगणना सकिएको छैन ।

 

 
 
  
 

You may also like