बुटवल उवासंघको साधारण सभा मंसिर २० गते गर्ने निर्णय

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा यहि मंसिरको २० गते हुने भएको छ । संघको बिहिबार बसेको कार्यसमिति बैठकले ६८ औं वार्षिक साधारण सभा यहि मंसिरको २० गते सोमबारको दिन गर्ने निर्णय गरेको हो । यस अगाडि मंसिर ६ गते गर्ने निर्णय भएकोमा तयारी लगायतका कारण साधारण सभा सार्ने निर्णय गरिएको संघका सचिव मुक्ति अधिकारीले बताउनु भयो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभामा महासचिवले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन समेत पास गरेको छ । बैठकमा साधारण सभा तयारी समितिका संयोजकहरुले तयारीमा भएका प्रगतिहरु प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा बोल्दै संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष जीवनप्रसाद वझाले सुझाव सहित भनाई राख्नुभएको थियो ।

 
 
  
 

You may also like