क्रिकेटकाे कप्तानीबाट राजीनामा दिने पारस खड्काकाे घोषणा

by समतल अनलाइन

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो फेसबुक वालमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौँमा असोज १० र ११ गते भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अधयक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो ।

आईसीसीकै निगरानीमा भएको उक्त निर्वाचनपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको थियो । त्यसको भोलिपल्ट नै पारसले राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् ।

आफ्नो फेसबुक पोष्टमा पारसले निलम्बन फुकुवा भएकोमा खुशी व्यक्ति गर्दै नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना दिएका छन् ।

खड्काले लेखेका छन्, ‘एउटा नयाँ शुरुवात र प्रतिवद्ध दृष्टिकोणका साथ चिजहरुलाई अगाडि बढाउने नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ ।

 
 
  
 

You may also like