लुमिनसद्वारा निःशुल्क मधुमेह परीक्षण तथा शुभकामना आदान प्रदान

by समतल अनलाइन

बुटवल। लायन्स क्लव अफ बुटवल लुमिनसले रुपन्देहीको देवदह–९ नागथानमा मधुमेहको निःशुल्क परीक्षण तथा सचेतना कार्यक्रम गरेको छ । ‘माई लायन्स भिजेल’ का रुपमा ग्रहण गरेको देवदह नागथानका स्थानीयमा स्वास्थ्य सचेतना कार्यक्रम अन्तरगत मधुमेहको परीक्षण तथा सो बारे सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा एक हजारबढीको मधुमेहको निःशुल्क परीक्षण गरिएको लायन्स क्लव अफ बुटवल लुमिनसका अध्यक्ष सविता भण्डारीले जानकारी दिनुभयो । स्थानीय स्तरमा स्वास्थ्य सचेतना बढाउने उद्देश्यले मधुमेहको निःशुल्क परिक्षण कार्यक्रम तथा स्थानीय विद्यार्थी, अभिभावक तथा शिक्षकका लागि सचेतना कार्यक्रम गरिएको भण्डारीले बताउनुभयो । क्लवले दशै तिहारको अवसर पारेर नागथानका झण्डै तीन दर्जन महिला तथा बालबालिकाहरुलाई नयाँ कपडा समेत वितरण गरेको जनाएको छ । सो अवसरमा लायन्सका रिजनल चियर प्रशन सृष्टि गुरुङ्ग, देवदहका जनप्रतिनिधी देवी अधिकारी, टोल विकास समितिका अध्यक्ष विष्णुप्रसाद भट्टराई, प्रगति सामुदायिक वनका अध्यक्ष चमकान्त गौडेल, डाक्टर शान्ता शर्मा लगायतले दशै तिहार र छठ पर्वको शुभकामना दिनु भएको थियो । यसैबीच लायन्स क्लव अफ बुटवल लुमिनसले हिन्दु नेपालीका ठुला चाडपर्वहरु भित्रीएसँगै बुटवल देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमका असहाय तथा अपाङ्गता भएका बालबालिकाहरुलाई खाना खुवाएर खुशीयाली साटासाट गरेको छ । आश्रमका अध्यक्ष रामबहादुर रामदामको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा आश्रमका ३० जना असहाय÷अपाङ्गता भएका बालबालिकाहरुलाई खाना खुवाइएको आश्रमका सचिव बिमला गौतमले जानकारी दिनुभयो । सो अवसरमा लायन्सका अन्तराष्ट्रिय अध्यक्ष डगलेक्स एक्स एलेक्सजेण्डरको जन्मदिवसको शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो ।त्यसैगरी लुमिनसले तेस्रो बोर्ड एण्ड जनरल मिटिङ्ग तथा दशै तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम पनि गरेको छ । पास्ट मल्टिपल काउन्सिल चियर प्रसन सुनिल वझाको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा पास्ट होनरी मिरा वझा, डिस्टिक कोर्डिनेटर सुनिता श्रेष्ठ, जोन चियर प्रसन नेहा अग्रवाल, क्लब मार्गदर्शक डाक्टर शान्ता शर्मालगायतले शुभकामना दिनुभएको थियो । सो अवसरमा क्लबका अध्यक्ष सबिता भण्डारीले लुमिनसको भाबी योजना लक्ष्यका बारेमा आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

 
 
  
 

You may also like