रुपन्देहीमा भारतीय नागरिकको छुरा प्रहारबाट एकको हत्या, एक घाइते

by समतल अनलाइन

बुटवल । भारतीय नागरिकले चक्कु प्रहार गरेर रुपन्देहीमा एक जनाको हत्या गरेका छन् । शुद्धोधन गाउँपालिका–३ बेतानीमा प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ का २२ वर्षीय अवदेश हरिजनको हत्या भएको हो ।

चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगञ्जका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सविक्षा समिल नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्ति बीच झगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटना पछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई पक्राउ गरेको हो । चक्कु प्रहारबाट घाइते भएका अवदेशका बुबा ४० वर्षीय गोपी चन्दको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like