समाजवादि युवा संघको बुटवलमा ५१ सदस्य कार्यसमिति गठन

by समतल अनलाइन

बुटवल। जनता समाजवादी पार्टी (जसपा) को भातृसंगठन समाजवादि युवा संघको बुटवलमा आज सोमबार भएको भेलाले सुरज हितान मगर अध्यक्षतामा ५१ सदस्य कार्यसमिति गठन भएको छ ।जसको उपाध्यक्षमा रोनिश श्रेष्ठ,मिना गुरूङ्ग , राजु परियार, सन्देश बुढा मगर, रहेका छन् । सचिवमा भरत पौडेल , सह–सचिव गणेश न्यौपाने , कोषाध्यक्ष अलि हुसेन रहेका छन् । कार्यसमितिको सदस्यहमा आकाश क्षेत्री ,सुरज तुलाचन रोहीत आलेमगर कमल खराल आश्विन आले मगर,चेतन थापा,लक्की क्षेत्री रहेका छन् ।
भेला लाई लुम्बिनि प्रदेश सह ईन्चार्ज कमल खनाल , मुख्य सचिव यज्ञ पोख्रेल दलित प्रदेश अध्यक्ष सावित्रि वि क केन्द्रिय सदस्य पंकज राई विमल गिरि लगायतले सम्वोधन गर्दे युवाहरु पार्टी भित्र संरक्षण गर्दे देश विकास काम अगाडि बढाउनु पार्टीको मूख्य दाहित्व रहेको बताएका थिए ।
आज भेलाले एक वर्ष भित्र नया कमिटि गठन गर्ने गरि गठन गर्ने गरी नेतृत्व प्रदान गरेको पार्टीका केन्द्रीय सदस्य पंकज राईले बताए । पार्टीलाई उपेन्द्र यादवको नेतृत्व गएपनि भातृसंगठनहरु पनि सक्रिय बनाउने अभियान संचालन गरिएको छ ।

 
 
  
 

You may also like