१,०६६ मा कोरोना संक्रमण, ९३८ निको, १३ को मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र ३,२५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १६ हजार ८८१ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा १,२३४ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २४२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख १७ हजार ३९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 

 
 
  
 

You may also like