स्काईलार्कमा दुना टपरी बनाउने तालिम

by समतल अनलाइन

बुटवल।स्काईलार्क इङलिश बोर्डिङ स्कुल बाणगंगा–११ कपिलवस्तुमा एक दिने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ ।विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेको अध्यक्षतामा भएको तालिमको उदघाटन वडा नम्बर ११ का वडाअध्यक्ष एवं विद्यालयका सल्लाहकार सोमनाथ अर्यालले गरेका थिए ।

आधुनिक युगमा लोप हुँदै गैरहेको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना टपरीको प्रयोगलाई बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको प्राचार्य डुम्रेले बताए । तालिममा कक्षा ४ देखि ९ सम्मका छात्राहरुको सहभागिता रहेको थियो ।

प्राचार्य डुम्रेले यसबाट विद्यालय उमेरका बालिकाले आफ्नो घरमा हुने सांस्कृतिक एवं धार्मिक कार्यमा यसको प्रयोग गरी आर्थिक भार कम गर्नुका साथै परम्परागत सिपको विकास, संरक्षण र सम्बद्र्धन गर्न सकिने बताए ।

त्यस अवसरमा वडाअध्यक्ष अर्याल, विद्यालयका सल्लाहकार संयोजक रविबहादुर काफ्ले, प्रावि संयोजक यशोदा खत्री, शैक्षिक संयोजक ध्रुव पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिममा कविता ढुंगाना, यशोदा खत्री, लिला पाठक, माया थापा र गायत्री अस्लामीले सहजीकरण गरेका थिए ।

 
 
  
 

You may also like