१५ वर्षीया किशोरीलाई बलात्कार गर्ने १० वर्षपछि पक्राउ

by समतल अनलाइन

काठमाडौं। काठमाडौंमा जागिर लगाई दिन्छु भन्दै बलात्कार गर्ने एक युवकलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङ ‘च्याङ्गवा’ रहेका छन् ।

जिल्ला अदालत काठमाडौँले २०७१ साल वैशाख १ गते तामाङलाई जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद तथा पीडितलाई १० लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । तर, उनी त्यसयता फरार रहेका थिए ।

तामाङले २०६८ सालमा काठमाडौंमा काम लगाइदिन्छु भन्दै १५ वर्षीया किशोरीलाई दोलालघाटबाट काठमाडौं ल्याएका थिए । काठमाडौमा उनले कोटेश्वरस्थित शुभलक्ष्मी गेस्ट हाउसमा लगेर डर त्रास देखाएर जबरजस्ती करणी गरेका थिए । फरार रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

 
 
  
 

You may also like