आफ्नै घरको चार तलामाथिबाट हामफाल्दा १८ वर्षीया युवतीको मृत्यु

by समतल अनलाइन

विराटनगर। मोरङको विराटनगरमा आफ्नै घरको ४ तलामाथिबाट हामफाल्दा मोरङ सुन्दरहरैंचाकी एक १८ वर्षीया युवतीको शनिबार राति ज्यान गएको छ ।

घरमाथिबाट हामफालेकी सुन्दरहरैंचा नगरपालिका–९ की १८ वर्षीया रुवि मुखियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताए ।

उनका अनुसार राति ८ः३० बजेतिर रुविले घरमाथिबाट हामफालेको खुलेको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ९ः४५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

 
 
  
 

You may also like