२०७८ भदौं २६ गते शनिबारको तपाईको राशिफल

२६ भाद्र २०७८, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्ने छ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा सफलता पनि मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधुरा र रोकिएको काम पुनः गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ बन्धुबान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धार्मिक कार्यमा रुचि बढ्ने छ । शेयर बजारको लगानी या कारोबारमा सफलता मिल्ने छ, तर यात्रामा मालसामान हराउन चाँहि सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । घर परिवारका सदस्यहरूबाट सहयोग पाईने छ । रमणीय र सुखद यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउने छ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने छ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

फेसबुकबाट तपाईको प्रतिक्रिया