रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

by समतल अनलाइन

बुटवल । रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको मर्चवारी गाउँपालिका–३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।

बिहीबार साँझ करीब ५ः३० बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको थियो । श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

यसैगरी सोही समयमा मर्चवारी–१ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् । घाइतेहरूलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like