प्रदेश महाधिवेशन प्रतिनिधीमा अमृत पाण्डेयको उम्मेद्धारी

by समतल अनलाइन

बुटवल।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र न. २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधीका लागि अमृत पाण्डेयले उम्मेद्धारी घोषणा गरेका छन् ।

विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रही सकृय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय लुम्बिन िवाणिज्य क्याम्पसको ईकाई सचिव हुंदै नेवीसंघको विभिन्न तहमा रही काम गरेका अनुभव संगालेका छन् । पाण्डेय नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद समेत हुन् ।

त्यस्तै, १३ औं महाधिवेशनमा साविक आलमदेवी गावीसबाट क्षेत्रीय प्रतिनिधी निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन ।

 

 
 
  
 

You may also like