सैनामैनाकी कमला अधिकारी ः “ बिमामा भबिष्य खोज्दै, सामाजीक र धार्मीक काममा दौडदै ”

by समतल अनलाइन

बुटवल ।रुपन्देहीको पश्चिम क्षेत्रको सैनामैना ६ कलौनीकी स्थायी बासिन्दा हुन – कमला अधिकारी । एस.एल.सी सम्मको अध्ययन गरेकी अधिकारीले शैक्षीक क्षेत्रमा ठुलो फड्को त मार्न सकिनन तर उनको कडा मेहेनत र लगनशिलताले अधिकारीलाइ एक सक्षम महिलाको रुपमा परिचित गराएको छ ।
प्राइम लाइफ इन्स्युरेन्सको एजेन्सी म्यानेजर रहेकी उनी आफ्नो नगर र जिल्लाका बिभिन्न प्रतीष्ठित सघं सस्थाहरुमा उत्तिकै क्रियाशील समेत छिन । सैनामैना ७ देवापारकै टामलाल र यमकला घिमिरेकी माइली छोरी अधिकारी बिगत ९ बर्षदेखी बिमा क्षेत्रमा काम गरिरहेकी छिन भने मेहेनत अनुसारको सफलता पनी पाएकी छिन । उनी प्राइम लाइभबाट बिभिन्न समारोहमा सम्मानीत समेत भएकी छिन ।
मैले धेरै पढ्न नपाएपनी बिभिन्न ब्यबसायमा हात हाल्दै गए , तिज नजिकिदै गर्दा ब्यस्त देखीएकी अधिकारीले सक्षिप्त कुराकानीमा भनीन – लामो समय कलौनीमा टेलीफोन सेवा चलाए । जतीबेला अहिलेको जस्तो फोन र सामाजीक सन्जाल त्यो बेला थिएन । टाढा टाढा बाट दाजुभाइ दिदीबहिनीहरु टेलीफोनका लागी आउनुहुन्थ्यो । यस क्षेत्रमा १,२ वटा मात्र यो सेवा थियो । त्यसैले पनी मलाइ धेरैले फोनवाला कमला दिदी भनेर चिन्दथे । ”
श्रीमान बिष्णु अधिकारी बैदेशीक रोजगारीमा जादा समेत सानो भएपनी टेलीफोन सेवा सन्चालन गरेका अधिकारी दम्पितीले हाल देवापारमा सु –सक्षम सप्लायर्स समेत सन्चालन गरेका छन । जहा , घर निर्माणका लागी चाहिने टायल ,मार्बल, सेनेटरी लगायतका बिभिन्न सामानहरु पाइन्छ । उनीहरुको ब्यबसायमा छोरा शुसील र बुहारी
सिमरनले साथ दिएका छन ।

अर्घाखाचिको पटौटीमा जन्मिएकी अधिकारी शहिद नारायण पोख्रेल रामापुर क्याम्पस सन्चालक समितीको सदस्य हुन भने लोक भजन चुट्का प्रतीष्ठानको जिल्ला उपाध्यक्ष समेत हुन । यस्तै बिभिन्न धार्मीक संस्थाहरुमा समेत क्रियाशील अधिकारी जिवनलाइ स्वाबलम्ब बनाउन केही न केही त गर्ने पर्ने बताउछीन ।
बिमा क्षेत्रमा काम गर्ने हो भने यसैबाट अगाडी बढ्न सकिन्छ, अधिकारीले अगाडी थपिन – पैसा बचतदेखी भबिष्य सुनिश्चित हुने हुदा सबैले बिमा गर्दा राम्रो हुन्छ । शुरु शुरुमा काम गर्दा सबैलाइ कन्भिन्स गर्न गाहो हुन्छ ,तर मेहेनत गर्दै जाने हो भने बिस्तारै सफलता पाउन सकिन्छ ।
कुनै पनी ब्यबसाय या जागीर गर्दा पनी तत्काल फाइदा नभएझै यो बिमा पनी त्यस्तै हो । लगनशिल , इमान्दारीता , धैयर्ता र कडा मेहेनत हुने हो भने जुनसुकै क्षेत्रमा पनी सफलता पाउन सकिन्छ । आगामी दिनमा पनी यसैगरी अगाडी बढ्ने सोच बर्नाएकी छु । ”
सरल,सबैसग मिल्न सक्ने खुबी भएकी मिजाशिली र हसमुख अधिकारीले कुराकानीको अन्त्यमा आफ्नो ब्यापार ब्यबसायबाट बचेको केही रकम सामाजीक र धार्मीक काममा पनी खर्चने गरेको बताउछिन । गीत संगीतमा पनी रुचि भएकी अधिकारीले कुराकानीको अन्त्यमा गितैबाट भनिन– जिबन सर्घष नै हो , यसबाट हार मानेर होइन जुधेर अगाडी बढ्नुपर्छ र सबैको भलो चाहानुपर्छ ।” प्रस्तुति : सुदिप गौतम

 
 
  
 

You may also like