स्कलर्स होममा तीजगीत प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल–९ मिलनचोकस्थित स्कलर्स होम स्कुलमा महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा भर्चुअल माध्यमबाट तीजगीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भएको फाइनल चरणमा छनोट चरणबाट छनोट भएका ५० जना विद्यार्थीहरु सहभागी भएका थिए । विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेको अध्यक्षतामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । प्राचार्य बञ्जाडेले स्वागत मन्तव्य राख्दै यस्ता अतिरिक्त क्रियाकलाहरुले विद्यार्थीहरुको प्रतिभामा निखारता आउने बताउँदै प्रतियोगी विद्यार्थीहरुलाई उत्कृष्ट हुन शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै सहायक प्राचार्य टीकाराम गौतममले प्रतियोगी विद्यार्थीहरुलाई शुभकामना तथा विजयी प्रतियोगीहरुलाई धन्यवाद दिएका थिए ।
अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री, शिक्षक प्रभात घिमिरे र प्रदिप देवकोटाले सहजीकरण गरेको कार्यक्रममा नर्सरीबाट वर्षा पाण्डे, दीपाका बञ्जाडे र युनिसा बुढा प्रथम, दोस्रो र तेस्रो भए । त्यस्तै एलकेजी र युकेजीबाट क्रमशः सुसान्त न्यौपाने, सम्पदा क्षेत्री र सुबिहानी लम्साल प्रथम, दोसो र तेस्रो भए । कक्षा एक र दुईबाट बार्बिका बञ्जाडे, सक्षम अर्याल र आपिख्या मरासिनी प्रथम, दोस्रो र तेस्रो भए । त्यस्तै उक्त प्रतियोगितामा कक्षा तीन र चारबाट रिती भण्डारी, प्रजिना गौतम, बबिना भण्डारी र युनिसा भट्टराई प्रथम, दोस्रो र तेस्रो भए र सान्त्वना भए । कक्षा पाँच र छबाट सेलेषा शर्मा, आयना ढकाल, अनुस्का ज्ञवाली र सन्ध्या क्षेत्री प्रथम, दोस्रो र तेस्रो र सान्त्वना भए । त्यस्तै कक्षा सात, आठ, नौ र दशबाट कामना राना, दिपीका महतो, सरु चौधरी, प्रियंका चौधरी, साबी गौतम र जेनिसा रेग्मी प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका थिए । कार्यक्रममा शिक्षिका विष्णु राना, सावित्रा पन्थी र दिलकुमारी उपाध्याय निर्णायकको भूमिकामा रहेका थिए भने कार्यक्रमको सञ्चालन लेखा इन्चार्ज लोकप्रसाद भण्डारी (राजु) ले गरेका थिए ।

 
 
  
 

You may also like