बुटवल उवासंघमा सूनचाँदी बस्तुगत समिति गठन

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग बाणिज्य संघमा सुनचाँदी बस्तुगत समिति गठन गरिएको छ । संघका विषयगत व्यबसायीहरुको भेलाले हर्षबहादुर विकको सभापतित्वमा सुनचाँदी बस्तुगत समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा गोकुल विश्वकर्मा, सचिवमा रमेश (दलमान) गहतराज, कोषाध्यक्षमा शेरबहादुर गहतराज र सहसचिवमा बुद्धबहादुर सुनारलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा किशोर कुमार बिक, दलबहादुर बिक, खड्गबहादुर खड्का (बिक), रामलाल बिक र हिरा गहतराजलाई चयन गरिएको छ ।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिक हकहितको लागि सम्बन्धित व्यबसायिका समस्या उठान गर्न बस्तुगत समितिलाई आग्रह गर्दै समाधानको लागि संघले पहल गर्ने बताउनु भयो । बिशेष गरेर सुनचाँदी व्यबसायमा सुरक्षाको दृष्टिकोणले चुनौती देखिएको बताउँदै सुरक्षा संवेदनशिलतालाई दृष्गित गरि आफ्ना पसलमा सिसिटिभी अनिवार्य गर्न आग्रह गर्नुभयो ।

सुनचाँदी बस्तुगत समितिका समन्वयकर्ता कार्यसमिति सदस्य संजय कलवार जयसवालको संयोजनमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, जमुना पौडेल, मीना प्रधान लगायतको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like