२०७८ भदौं १३ गते आइतबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने छ । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिठो बोलीले कार्य सम्पादन हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । प्रेममा मधुरता छाउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । पुँजी बजारको लगानीले लाभ नै हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला, तर साँझमा पैसा हात पर्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला साहित्य तथा संगीतमा रुचि बढ्ने छ । शेयर बजारको लगानीले लाभ मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ । प्राविधिक क्षेत्रमा रुचि बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like