२,५२५ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार २० र ४,९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,०८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ३५ एक जना संक्रमितको मृत्यु भएको छ । देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार १४५ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ३ हजार १०५ भने ६२० जना आइसियुमा र १७० जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३९५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like