ओलीले भने–देशभर वहुमत सरकार भएको प्रतिपक्ष हो एमाले

by समतल अनलाइन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी मात्र नभई देशभर वहुमतको सरकार भएको दल भएको दावी गरेका छन् ।

आज (बिहीबार जिल्ला समन्वय कमिटी भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमालेकै बहुमतको सरकार रहेको दावी गरे । उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए ।

उनले भने, ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौं । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौं ।’ उनले देशको विकास मात्रै एमालेको अर्जुनदृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे ।

 
 
  
 

You may also like