रुपन्देहीमा ४ वर्षीया बालिका बलात्कृत

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका–८ बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बलीरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

 
 
  
 

You may also like