मोटरसाइकलको ठक्करबाट मृत्यु भएका प्रहरी निरोक्षकको घटना छानविन गर्न समिति गठन

by समतल अनलाइन

नवलपरासी। मोटरसाइकलको ठक्करबाट मृत्यु भएका प्रहरी निरीक्षक कपिल वाग्लेको घटनाका सम्बन्धमा सत्य तथ्य छानविन गर्न सरकारकारले छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

समितिलाई सत्यतथ्य अध्ययन गरेर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ । साउन २५ गते जिल्ला नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका ४ स्थित ईलाका प्रहरी कार्यालय, बर्दघाट अगाडि पूर्व–पश्चिम राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले प्रहरी निरीक्षक कपिल वाग्लेलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि उपचारका लागि चिसापानी सामुदायिक अस्पताल, बर्दघाटमा सामान्य उपचार पश्चात थप उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

 
 
  
 

You may also like