२०७८ साउन २५ गते सोमबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कला र गलाको प्रभाव बढ्ने छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्यको चर्चा चल्ने छ । लामो समय देखि भेट नभएका मित्रहरूसँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । महिला वा मित्रबाट सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । व्यावसायिक काम राम्रै हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । शेयर बजारको लगानीले सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमीबीच खिन्नता बढ्न सक्छ । मनमा निराशा र शरीरमा आलस्य आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ र महत्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like