खुमन अधिकारी र रमिला न्यौपानेको ‘नाइँ भन्न पाईंदैन’ बोलको तीज गीत सार्वजनिक(भिडियो)

बुटवल । गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको ‘नाइँ भन्न पाईंदैन’ बोलको तीज गीत सार्वजनिक भएको छ । शनिबार खुमन अधिकारी युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । यो गीत यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको छ ।

गीतमा आशा बिसी, प्रेमा राना, रुपी सिन्जाली, गोबिन्द पराजुली र सागर बाजुरालीले कोरस गाएका छन् । गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् भने अधिकारीले नै संगीत भरेका छन् । बिनोद बाजुरालीले संगीत संयोजन र खड्ग बाजुरालीले मिक्सिङ गरेका हुन् । गीतलाई राजेन्द्र बाजुराली, गोविन्द बाजुराली र दिपक संगम बिसीले रेकर्डिङ गरेका छन् ।

मालाश्री स्टुडियोमा रकेर्ड भएको गीतको भिडियोमा खुमन अधिकारी, रमिला न्यौपाने, बबिन ठकुरी, अर्जुन गौतम, धु्रव हिमाली, रिना थापा मगर, दिपासा बिसी, रुबिना अधिकारी लगायतको अभिनय रहेको छ । स्मृती तिमिल्सिना गुरुआमाले भिडियोलाई निर्देशन गरेकी हुन् । दर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।
भिडियो:

 
 
  
 

You may also like