अदालतको फैसलाले ओलीले सरकार र पार्टी लापरवाह चलाएको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले सर्वोच्च अदालतले आज (मंगलबार) गरेको फैसलाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी लापरवाह चलाएको पुष्टि भएको बताएका छन् ।

अदालतले गरेको निर्णय स्वभाविक भएको बताउँदै उनले ओलीले सरकार र पार्टी दुवै लापरवाही रुपमा सञ्चालन गरिरहेका छन् भन्ने कुरा फैसलाहरुबाट प्रमाणित भएको बताएका छन् ।

एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका नेता भुसालले अदालतको फैसलापछि भने, ‘एउटा नेताका लागि यो आदेश राजनीतिक रुपमा ठूलो पराजय हो,’ उनले थपे, ‘अध्यक्ष तथा प्रधानमन्त्री ओलीले देश तथा पार्टी कति लापरवाहीरुपमा सञ्चालन गर्नु भएको छ भन्ने प्रमाणित भएको छ ।’

प्रतिनिधि सभा विघटनपछि कामचलाउ भइसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि सो कदमलाई असंवैधानिक भन्दै अदालतमा रिट दायर भएको थियो । मंगलबार सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पछि थपिएका २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको हो । भुसाल पार्टीभित्रको विवाद समाधानमा सक्रिय रहँदै आएका नेता हुन् ।

 

 
 
  
 

You may also like