असार २० गतेदेखि बुटवलका विद्यालयमा नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिका भित्रका विद्यालयहरुमा नयाँ शैक्षिक सत्रका कक्षा आगामी असार २० गतेदेखि सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गरी नगर भित्रका १ देखि ९ कक्षासम्मका विद्यालयहरुले असार १३ गतेसम्म नजिता प्रकाशन गरी २० गतेदेखि विद्यालय सञ्चालन सूचित गरेको हो ।

‘शैक्षिक सत्र २०७८ सालको विद्यार्थी भर्ना, वार्षिक नतिजा प्रकाशन भए लगत्तै शुरु गरी असार २० गतेदेखि कोभिड–१९ को विषम परिस्थतिलाई मध्यनजर गरी वैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्ने ।’–सूचनामा भनिएको छ । यस्तै सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक समेत उपलब्ध गराउने र संस्थागत विद्यालयहरुले पाठ्यपुस्तकको सूची उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

 
 
  
 

You may also like