मेलम्ची बाढी : बेपत्तामध्ये थप एकको शव भेटियो, अझै २० जनाको अवस्था अज्ञात

 सिन्धुपाल्चोक  । असार १ गते राति सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीपछि बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार हेलम्बु गाउँपालिका–१, हल्देका ५० वर्षीय सुनिल तामाङ सोमबार सुनकोशी नदी किनारमा मृत फेला परेका हुन् ।

उनको शव रामेछापको खाँडोदेवी गाउँपालिका–२, कोछवे बगरस्थित सुनकोशी नदी किनारमा भेटिएको सिन्धुपाल्चोक जिल्ला प्रशासनले जनाएको छ । उनी समेत अहिलेसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ । प्रशासनका अनुसार अब अझै २० जना भेटिन बाँकी छ ।

 

 
 
  
 

You may also like