२० वर्षे युवतीमाथि जबरजस्ती करणी

नुवाकोट। एक २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्णबहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like