अस्वभाविक ब्याज उठाउने ‘परदेशी’ पूर्पक्षका लागि जेल चलान

by समतल अनलाइन

काठमाडौं । थोरै रकम ऋण दिएर अस्वभाविक व्याज उठाउने सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी) जेल चलान भएका छन् ।

जिल्ला अदालत सर्लाहीले ठगी, अपराधिक, विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा पूर्पक्षका लागि जेल चलान गरेको हो ।

प्रमुख जिल्ला न्यायधीश रामकृष्ण कोइरालाको एकल इजलाशले परदेशीलाई जेल चलान गरिएको हो । दिउँसो ३ बजेदेखि चलेको बहस साँझ साढे ६ बजे सकिएको थियो ।

बहसका क्रममा शुक्रबार साँझ परेका कारण शनिबार बिहान जेल पठाइएको छ । सर्लाहीमा कारागार नभएका कारण रौतहट पठाउनुपर्ने हुन्छ ।

ठगी, नक्कली तमसुक बनाउने, चलनचल्तीको भन्दा निकै बढी दरमा ब्याज लिने तथा महिला बालिकालाई अभद्र व्यवहार गरेको अभियोगका सन्दर्भमा पूर्पक्षमा राखेर परदेशीमाथि अनुसन्धान हुनेछ ।

 
 
  
 

You may also like