66
काठमाडौ। सरकारले २०८८ सालसम्म डिजेल–पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने रणनीति अपनाउने बताएको छ ।
आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विक्रम संवत २०८८ सालसम्म डिजेल–पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने र विद्युत सवारीको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए ।
सरकारले प्रदूषण नियन्त्रणका लागि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्रीवितरणमा आगामी साउन १ गतेदेखि रोक लगाउने बताएको छ । यस्तै, फेवाताल वरिपरि वातावरणमैत्री साइकल लेन विकास गरिने उनले बताए ।