बारपाकीसँग क्षमा माग्दै बाबुरामले भने, ‘म आफै बिरामी छु, दुःखका बेला साथ दिन सकिँन’

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले दुःखको घडीमा साथ दिन नसकेकोमा गोरखा बासपाकका जनतासँग क्षमा मागेका छन् ।

बारपाक नेता भट्टराईको निर्वाचन क्षेत्र हो । जहाँ यतिबेला कोरोना संक्रमण फैलिएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले सामाजिक सञ्चालनमार्फत् आफू पनि बिरामी भएकाले बारपाकी जनतालाई दुःखको घडीमा साथ दिन नसकेको जानकारी गराएका हुन् । उनले बारपाकी नागरिकलाई समयमै कोरोना परीक्षण गर्न र हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्,‘ पहिले भूकम्प र अहिले कोरोनाले पीडित हुनुभएका बारपाकी जनसमुदायमा अपील : १. तपाईंको निर्वाचित प्रतिनिधि भएर पनि आफै कोरोना र पेटको अपरेसनका कारण थलिएर यो दुःखको घडीमा उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी छु । २. कोरोना परीक्षण गर्न नडराऊ ! थाहा पाए उपचार हुन्छ, थाहा नपाए मरिन्छ ! हल्लामा नलागौं !’

 

 
 
  
 

You may also like