नेपालमा २४ घण्टामा कुन उमेर समुहमा कस्तो छ संक्रमण ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २० बर्ष मुनिका ८०१ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० बर्ष मुनिका १८६ जना र ११ देखि २० बर्षसम्मका ६१५ गरि २० बर्षमुनिका कुल ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट बालबालिका र युवाहरुलाई बढी असर गरेको देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा २१ देखि २९ बर्ष उमेर समुहका १६०३ जना संक्रमित भएका छन् भने ३१ देखि ४० बर्षका १४९५ जना र ४१ देखि ५० बर्ष उमेर समुहका १०८१ जना संक्रमित भएका छन् ।

त्यस्तै ५१ देखि ६० बर्षसम्मका ८८५ जना, ६१ देखि ७० बर्षसम्मका ४५४ जना, ७१ देखि ८० बर्षसम्मका २४८ जना, ८० बर्ष भन्दा माथिका ८२ जना र उमेर नखुलेका २८ जना रहेका छन् ।

 
 
  
 

You may also like