हात्तीको आक्रमणबाट आमा–छोरीको मृत्यु

बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गए राति जिल्लाको गेरुवा गाउँपालिका–१ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की दिपिका बिकको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो ।
आमा चन्द्राको घटनास्थलमै र छोरी दिपिकाको नेपालगञ्ज मेडिकल कलेजमा आज बिहान उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 

 
 
  
 

You may also like