रुपन्देहीमा निको ४९४ , संक्रमित २०४ जना , १ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घन्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६१० जनाको

कोरोना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ७२ जना, तिलोत्तमा नगरपालिकामा ४८ जना, सिद्धार्थनगर नगरपालिकामा १९ जना, देवदह

नगरपालिकामा १८ जना, कञ्चन गाउँपालिकामा १५ जना, सैनामैना नगरपालिकामा १३ जना, सियारीमा ६ जना, गैडहवामा ४ जना,

ओमसतिया, मायादेवी, रोहिणी र लुम्बिनी सांस्कृतिकमा १ १ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ३०१ पुगेको छ । हाल जिल्लामा ४ हजार २४७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४९४ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २० हजार ६४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३९६ पुगेको छ ।

 
 
  
 

You may also like