विश्व रेडक्रस दिवस : रक्तदान कार्यक्रम सम्पन्न

बुटवल। विश्व रेडक्रस दिवसकाे अवसरमा ९८ औं नियमित रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रम नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा र नेपाल रेडक्रस साेसाईटि जिल्ला शाखा रुपन्देहीको संयुक्त आयाेजनामा भएकाे हाे।

कार्यक्रमकाे प्रमुख अतिथि लुम्बिनी प्रदेशकाे स्वास्थ तथा जनसंख्या मन्त्री भाेज प्रसाद श्रेष्ठले भर्चुअल माध्यम (जुम ) काे प्रयाेग गरेर,सबैलाई विश्व रेडक्रस दिवसकाे शुभकामना दिनुभयाे। स्वयंसेवी रक्तदाता नै स्वस्थ रक्तदाता हुन्छन,तपाइहरुकाे याेगदानले बुटवलमा रगत तथा रक्ततत्त्वकाे सहज आपूर्ति सम्भव भएकाे हाे,भन्दै प्रशंसा गर्नुभयाे।विषम परिस्थितिमा सुरक्षा मापदण्डअनुसार रक्तदान अभियानकाे नेतृत्व लिई कार्यक्रम गर्नुहुन सुझाव दिनुभयाे।

त्यसैगरी नेपाल रेडक्रस साेसाईटि रुपन्देही जिल्ला शाखाका सभापति प्रेमलाल उदासज्युले रेडक्रसकाे ईतिहास जानकारी गराउँदै समाजमा रेडक्रसकाे भुमिका स्पष्ट पार्नुभएकाे थियाे।

कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्ष कृष्ण चाैहानकाे अध्यक्षता,सह काेषाध्यक्ष दिपेन्द्र भण्डारीकाे संयाेजनमा र महासचिव उदयराज भट्टराईकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे।

 
 
  
 

You may also like