झापाको कोइला कारखानामा भीषण आगलागी, १२ घण्टामा पनि आएन नियन्त्रणमा

झापा, २० बैसाख । झापाको मेचीनगर नगरपालिका– १५ मिलकोटीमा रहेको बायोग्याँस कोइला काराखानामा भीषण आगलागी भएको छ ।
सोमबार बिहान बिद्युत सर्ट भई आगो लाग्दा ठूलो क्षति भएको झापा प्रहरीले जनाएको छ । १२ घण्टादेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागि ७ वटा दमकलसहित सेना, प्रहरी, स्थानीयवासी परिचालित भए पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगजनीबाट अहिलेसम्म अन्दाजी १५ करोड बराबरको क्षति भएको कारखाना सञ्चालकले बताएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ । आगोबाट हालसम्म मानवीय क्षति भने भएको छैन ।

 
 
  
 

You may also like