कांग्रेसका प्रवक्ता शर्मालाई लक्षणसहितको कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्टार हस्पिटलमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार बेलुका स्वाब दिएको र आज रिपोर्ट पोजिटिभ आएको प्रवक्ता शर्माले जानकारी दिएका छन् । लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उल्लेख गर्दैै उनले सबैलाई सजग बन्न आग्रह गरेका छन् ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ । बिहानिपख रिपोर्ट आयो– पोजिटिभ,’ प्रवक्ता शर्माले जानकारी दिएका छन्, ‘टेकुका डा. मित्र अनुप बाँस्तोलाको निर्देशनअनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन्, तर मनोबल उच्च छ ।’

 
 
  
 

You may also like