लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी, ४२ सांसदको बुझाए हस्ताक्षर (सूची)

बुटवल । नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे लगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

यसमा सूर्य चिन्ह्बाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् पत्र

 
 
  
 

You may also like