तिलोत्तमाको प्यारामाउन्ट बोर्डिङ स्कुलको छात्रावासमा बस्ने किशोरीको मृत्यु

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा पढ्ने एक छात्राको अचानक मृत्यु भएको छ ।

विद्यालयको होस्टेलमा बसेकी कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको विद्यालयका सहप्राचार्य लिलाधर किरातले जानकारी दिए । बिरामी भएपछि बिहान फोन गररे अभिभावकको जिम्मा लगाएका हौं । अस्पताल लैजाँदै गर्दा मृत्यु भएको खबर आयो’, उनले भने ।

छात्राको मृत्युपछि विद्यालयमा तनाव उत्पन्न भएको छ । विद्यालयमा पूर्वविद्यार्थी र आफन्तले विद्यालय बन्द गर्न माग गर्दै घेराउ र नाराबाजी गरेका छन् । बालिकामा ज्वरा आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या रहेको थियो ।

बालिका बिरामी भएपछि विद्यालयले शनिबार अभिभावकलाई बोलाएर जिम्मा लगाएको थियो । विद्यालयबाट ल्याइएकी उनलाई नजिकैको क्रिमसन अस्पतालमै लैजाँदै गर्दा मृत्यु भएको मृतक बालिकाका आफन्त भास्कर भण्डारीले जानकारी दिए ।

 

 
 
  
 

You may also like