भारतको धार्मिक कार्यक्रमबाट फर्किएका पत्रकार मिश्रको कोभिडका कारण मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किए लगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौंको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए । रासस

 
 
  
 

You may also like