लकडाउन हुँदैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म लकडाउन नहुने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै आज (बुधबार) उनले केहीले अब लकडाउन हुने हल्ला चलाउन थाले पनि सरकारले सकेसम्म लकडाउन नगर्ने बताएका हुन् । तर, कोरोनाको जोखिम बढिरहेकाले अवस्था र परिस्थिति हेरेर थप रणनीति बनाइने उनको भनाइ छ ।

कोरोना सङ्क्रमण बढेसँगै विश्वका केही देशमा लकडाउन तथा स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेकाले नेपालमा पनि सङ्क्रमण बढे कडाइ भने हुने उनले बताए । प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिल गरेका छन् ।
महामारी हृवात्तै बढेपछि विकसित देशहरुले पनि बाध्य भएर लकडाउन गर्नु परेको स्मरण गर्दै उनले भने, अहिले नै सतर्कताबाट परिस्थितिलाई बिग्रिन नदिऊँ ।

 

 
 
  
 

You may also like