पौँदी सेभ सोसाइटीद्धारा मुसिकोटका घिमिरेलाई उपचार्थ जुट्यो ठूलो आर्थिक सहयोग

हरि पाठक
गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ अमिले, बाङ्गे निवासी घाइते केदार घिमिरेलाई पौँदी सेभ सोसाइटीले सहयोग रकम प्रदान गरेको छ ।घरायसी काम गर्ने क्रममा केही दिन पहिले नेवारे खोला नामक भिरबाट एक्कासी खसेर गम्भीर घाइते हुनुभएका साबिक पौँदी अमराई -३ बाङ्गे,नेवारे हाल अमिले निवासी अन्दाजी ४२ वर्षीय केदार घिमिरेको उपचार खर्चका लागि पौंदी सेभ सोसाइटी जापानले तीन लाख बढी रकम घाइते पिडितलाई प्रदान गरेको हो ।

नेवारे खोला जिकैको भिरबाट लडेपछि घाइते हुनुभएका घिमिरेको घरको आर्थिक अबस्था दयनीय हुँदा उहाँको उपचारमा आर्थिक समस्या भइरहेको देखेपछि पौँदी अमराई जन्मथलो बनाइ जापानमा कर्मथलो बनाउनुहुने सो सामाजिक संस्थामा आबद्ध सोसाइटी जापानका संयोजक कृष्ण खत्री क्षेत्र,महिला संयोजक कल्पना घिमिरे,सल्लाहकार घनश्याम घिमिरे,अध्यक्ष धनिश्वर अर्याल,उपाध्यक्ष डिलराज पोखरेल,कोषाध्यक्ष लोकनाथ घिमिरे,महासचिव टोपनारायण पोखरेल,सचिब नारायण गौतम सदस्य रामु घिमिरे (डिपलभ) , नारायण घिमिरे लगायत पौँदी सेभ सोसाइटी जापानको सिङ्गो टिमले उपचार्थ खर्च जुटाउ अभियान चलाएर पठाएको तीन लाख छ हजार छ सय एकाउन्न रूपियाँ बराबरको रकम पोमलाल घिमिरे मार्फत घाइते घिमिरेका आफन्त (दाजुभाई) निलमणी घिमिरेलाई निबासमै पुगेर लोकराज घिमिरे र शम्भु घिमिरेद्धारा उक्त रकम प्रान गरिएको पौँदी सेभ सोसाइटी जापनका संहयोजक कृष्ण खत्री क्षेत्रीले जानकारी दिनुभयो ।

थुप्रै दिन दु:खीलाई सहयोग प्रदान गर्दै आएको सो संस्थाले आर्थिक अभावमा कसैको उपचारमा समस्या नहोस् भन्नका लागि घिमिरेको लागि थोरै भए पनि उपचार खर्चमा राहत पुगोस् भनेर उक्त सहयोग रकम उनको घरमै पुगेर हस्तान्तरण गरिएको संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘घरको काम गर्ने क्रममा भिरबाट लडेर केधार जी घाइते हुनुभएको रहेछ,पौँदी सेभ सोसाइटीले केही सहयोग जुटाइदिएमा उपचार हुने थियो भन्ने जानकारी आएपछि उपचारमा केही राहत होस् भन्ने उद्देश्यले तीन लाख छ हजार छ सय एकाउन्न बराबरको रकम अभियान चलाएर सहयोग गरेका हौँ ।,’ उपचार खर्च पाएपछि घिमिरेको परिवार असाहयको साहारा बनेको पौँदी सेभ सोसाइटी जापानप्रति निकै खुशी भएका छन्।

गुल्मी पौँदी अमराईमा जन्मिएर आफ्नै माटोका आफ्नै ठाउँका भिभिन्न दुखी पिडितलाई सहयोग गर्ने उद्देश्यले जापानमा कर्मथलो बनाउदै आउनुभएका मनकारी ब्यक्तिहरूको पबित्र संगठित सामाजिक संस्था पौदी सेभ सोसाइटीले विगतदेखि नै घरबारविहीन भएका बिरामी परेका तथा उपचार खर्च नपाएर समस्यामा परेका नागरिकलाई सधैँ सहयोग गर्दै आइरहेकाले पनि केही समस्या पर्दा पनि वडाबासी नागरिकले उक्त संस्थालाई नै गुहार्ने गरेका छन् ।

 
 
  
 

You may also like