रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

सैनामैना । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा परि दुई युवकको मृत्यु भएको छ । पुर्व– पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.६ कलौनी स्थित क्याम्पसगेट अगाडी आइतबार बिहान ५ बजेको समयमा मोटरसाइकललाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई युवकको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।

पुर्वबाट पश्चिम तर्फ आर्इंरहेको ना ६ ख ९४१ नम्बरको बसले विपरित दिशाबाट गईरहेको लु २४ प ९७६८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

झिम्रुक गाउँपालिका वडा न.१ बस्ने वर्ष २१ का सञ्जय खनाल र सोही ठाउँ बस्ने वर्ष २१का फिरज खनालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

 
 
  
 

You may also like