२०७७ चैत १२ गते बिहीबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । मणीय र सुखद् यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला । खर्च नियन्त्रण भन्दा बाहिर हुनसक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु उचित होला । बोलीको विपरीत अर्थ लाग्न सक्ने छ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तसँग रमणीय र सुखद् यात्राको योग छ । तीर्थाटनको योग पनि रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । स्वादिष्ट भोजन पनि पाईने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशंसा गर्नेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । शेयर बजारबाट पनि राम्रै लाभ मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like