काठमाडौं । चौथो ट्वान्टी–ट्वान्टी क्रिकेटमा घरेलु टीम भारतले इङ्ल्याण्डलाई पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा भएको खेलमा भारतले इङ्ल्याण्डलाई ८ रनले पराजित गरेको हो ।
इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाएका थिए भने जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे । यस्तै भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्डय र राहुल चहलले २–२ विकेट लिए ।
श्रेयस एयरले ३७ रन बनाउँदा ऋषव पन्तले ३० रन बनाए । केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमै आउट भए ।
यस्तै इङ्ल्याण्डका जोफ्रा आर्चर ४ विकेट लिए । जितसँगै भारतको ५ खेलको सिरिजमा २–२ को स्थितिमा पुगेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १८५ रन बनाएर इङल्याण्डलाई १८६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङल्याण्डले २० ओभरको खेलमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो । एजेन्सी