मकवानपुरमा रात्रिबस र ट्रक जुध्दा तीनको मृत्यु, १० जना घाइते

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी–६ सुनाचुरीमा रात्रिबस र ट्रक जुध्दा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

आज (शनिबार) बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आपसमा जुधेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like