स्थानीयले अवरोध गरेपछि कार्यक्रम स्थल छोडेर हिडे अर्थमन्त्री

बुटवल। रुपन्देहीको मोतिपुरमा शुक्रवार दिउँसो तिर एकाएक स्थानियहरुको ठुलो जमात जम्मा भयो । जहाँ मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम राखिएको थियो । जुन कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने कार्यक्रम तय गरिएको थियो ।

कार्यक्रम स्थलको तयारी पुरा गरिएको थियो । उद्घाटनका लागि अर्थमन्त्री पौडेले सो क्षेत्रमा पुगिसकेका थिए । तर, विडम्वना, सरकारले विकासको रुपमा निर्माण गर्न थालिएको भनिएको औद्योगिक क्षेत्र निर्माण गर्दा विगत देखि वस्दै आएका स्थानियहरुको कुनै व्यवस्थापन नगरी, स्थानियहरुको सहमति विपरित औद्योगिक क्षेत्रको शिलान्यास गर्न थालिएको भन्दै, स्थानियहरु द्धारा नारावाजी गर्दै विरोध प्रर्दशनमा उत्रिए पछि एकछिन कार्यक्रम स्थल अस्तव्यस्त वन्न पुग्यो ।

स्थानियहरुले अर्थमन्त्री विष्णु पौडेल, लुम्विनी प्रदेश सांसद तुलसी चौधरी र ओद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नन्दकिशोर बस्नेत विरुद्ध चर्काे नाराबाजी गर्दै, शिलान्यास कार्यक्रम वहिस्कार गरेका थिए । कार्यक्रम स्थल नारावाजीले तनाव सृजना हुँदा वाक्लो रुपमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । कडा सुरक्षाका साथ स्थानियहरुको असहमति विचमा अर्थमन्त्री पौडेलले अन्ततः मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरिछाडे ।

सो क्रममा स्थानीय र प्रहरी बीच ढुंगा हानाहान समेत भएको छ । अर्थमन्त्री विष्णु पौडेल वसेको मञ्चमा नै ढुंगा हान्न थालेपछि मन्त्री पौडेल भाषण गर्न छोडेर बाहिरिएका हुन् । ढुंगा हानाहानमा एक प्रहरी र एक स्थानीय घाईते भएको प्रहरीले जनाएको छ । त्यस्तै, आक्रोशित स्थानीयहरुले अर्थमन्त्री पौडेलले शिलान्यास गरिएको शिलालेख समेत तोडफोड गरेका छन् । यसैविच शिलान्यास कार्यक्रमलाई वहिस्कार गर्दै विथोल्न बिहीबार साँझ स्थानीयहरुले कार्यक्रम मञ्च समेत भत्काई दिएका थिए ।

स्थानीयहरुको वैकल्पिक व्यवस्थापन नगरी औद्योगिक क्षेत्र स्थापना गर्दा विगत देखि बस्दै आएका त्यहाँका स्थानीयहरुको उठिवास लाग्ने भन्दै, स्थानीयहरुले एक संघर्ष समिति बनाएर विरोध जनाउँदै आएका छन् । हाल उक्त क्षेत्रमा करिव ३ हजार भन्दा बढी घरपरिवार बस्दै आएको संघर्ष समितिले वताएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न–३ र सियारी गाउँपालिकाको केही भाग अर्थमनत्री विष्णु पौडेलको निर्वाचन गढ पर्दछ ।

स्थानियहरुले विरोध पर्दशनका क्रममा अर्थमन्त्री पौडेललाई लक्षित गर्दै, (प्रदेश संग राजधानी साट्नेले अव जनताको जग्गा हडप्ने रे) जस्ता लेखिएका प्लेकार्ड वोकेर नारावाजी गरेका थिए ।

 
 
  
 

You may also like