थप १२० जनामा कोरोना पुष्टि, २४ घण्टामा ८३ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप १२० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १२० जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख ७४ हजार ६०८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८३२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार ७६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १४३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ८५ हजार १९० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५८ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ८३२ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like