आज देशभरका अदालत बन्द

काठमाडौँ।सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको शोकमा आज सबै अदालतको सेवा बन्द गरिएको छ ।सर्वोच्चका नवौँ प्रधानन्यायाधीश सिंहको निधनमा शोकमा आज देशभरका अदालतमा शोक बिदा दिइएको हो ।

सर्वोच्चको बुधबार बसेको ‘आकस्मिक’ बैठकले यस्तो निर्णय गरेको हो। पूर्वप्रधानन्यायाधीश सिंहको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।

सर्लाहीमा जन्मेका सिंह २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरी २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म सेवारत थिए।

 
 
  
 

You may also like