आवासको स्क्रु नटबोल्ट बजारमा

by समतल अनलाइन

बुटवल। आवास ग्रुप अन्तरगतको नेपालकै एकमात्र उद्योग मिराज इन्डष्ट्रि प्रालिले बजारको माग अनुसार आल्मुनियम फेब्रिकेशन, जिप्सन बोर्ड, सवारी साधन, निर्माण कार्य लगायतमा अतिआवश्यक पर्ने स्कु, नटबोल्टहरु उत्पादन शुरु गरेको छ ।रुपन्देहीको तिलोत्तमा–१७ मा स्थित एक वर्षमा उद्योग निर्माण र आवश्यक मेशिन जडान गरि मिराजले उत्पादन शुरु गरेको हो । नेपाली बजारमा निमाणर््ा, आल्मुनियम जिप्सन, सवारी साधन लगायतमा अति आवश्यक पर्ने स्क्रु, नटबोल्ट स्वदेशमा नै उत्पादन शुरु गरेको ग्रुपका म्यानेजिङ डाईरेक्टर महेश थैवले बताए ।

विदेश बजारमा निर्भर रहेको स्क्रु, नटबोल्ट स्वदेशमा नै उत्पादन शुरु गरेको उनले बताए । ‘ठुलो परिमाणमा स्क्रु र नटबोल्ट विदेशबाट आयात हुदै आएको छ ।’– उनले भने । विशेष गरि भारत र चीनको बजारमा निर्भर रहेको नेपालमा अब स्वदेशी उद्योगबाट उत्पादन भएको सामग्री उपलब्ध हुने उनले बताए । ‘यो नेपालमै पहिलो उद्योग हो ।’–उनले भने ।उत्पादनका हिसाबमा धेरै मिहिन तर बजारमा धेरै माग रहेकाले आफुहरु स्वदेशमा नै उत्पादन गर्ने लक्ष्यसहित विदेशबाट अटोमेटिक मेशिनहरु झिकाएर उत्पादन गरेको उनले बताए । कच्चा पदार्थमा भने विदेशमै भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए । स्क्रु र नटबोल्ट गरि उद्योगमा दैनिक एक हजार किलो उत्पादन क्षमता रहेको ग्रुपका म्यानेजिङ डाईरेक्टर महेश थैवले बताए ।

उद्योगमा १० करोड रुपैया लगानी रहेको छ । उद्योगमा दक्ष तथा अदक्ष गरि ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन । आवास ग्रुपको हाल १४ वटा विभिन्न उद्योगहरु संचालनमा रहेको छ ।

 
 
  
 

You may also like