बुटवलमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

by समतल अनलाइन

बुटवल। बुटवलमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बुटवल उप – महानगरपलिका १२ जितगढीमा गएराती पुर्व पच्चिम राजमार्गमा पुर्व बाट पच्चिम आइरहेको लु . १ छ ९०५० नम्बर पिकअप विपरित दिशाबाट आउदै गरेको लु . ४६ प ८१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिदा घाइते भएका मोटरसाइकल चालक घाइते भएका ५६ बर्षिय बाबुराम पन्थीको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा मृत्यू भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घटनामा संलग्न सवारी साधन ईलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेको छ ।

मृत्युु भएका मोटरसाइकल चालक गुल्मी रुरु गाउपालिका ७ बस्ने बाबुराम पन्थी रहेको बताइएको छ । दुर्घटना राति करिब १:३० बजे भएको थियो ।

 
 
  
 

You may also like